ad ad

राजनीति


केन्द्रीय कमिटी बैठकअघि माधव पक्षको स्थायी कमिटी

केन्द्रीय कमिटी बैठकअघि माधव पक्षको स्थायी कमिटी

नेपालखबर
साउन २१, २०७८ बिहिबार १२:१३, काठमाडौँ

अध्यक्ष केपी शर्मा ओली पक्षसँगको विवादलाई वार पार गर्ने तयारी साथ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक डाकेको छ। 

माधव पक्षले बिहीबार केन्द्रीय कमिटी सदस्यहरुको बैठक डाकेको हो। वरिष्ठ नेता नेपालले बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा स्थायी कमिटी बैठक राखेका छन्। 

बैठकमा सहभागी हुन नेताहरु भीम रावल र अष्टलक्ष्मी शाक्यसहित बुद्धनगर पुगिसकेका छन्। माधव पक्षको स्थायी कमिटीले केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने भएको छ। 

स्थायी कमिटीले एजेन्डा तय गरिसकेपछि आजै बुद्धनगरमै केन्द्रीय कमिटी बैठक बस्दैछ। स्थायी कमिटी सदस्यसहित दोस्रो पुस्ताका नेताहरुले नेपाललाई एमालेमै मिल्न दबाब दिइरहेका छन्।

तर एमालेमा बस्ने मुडमा नरहेका नेपालले आफ्नो पक्षमा बलियो साथ रहेको केन्द्रीय कमिटी बैठक डाकेका हुन्। नेता नेपालले यो केन्द्रीय कमिटी बैठकमार्फत ओलीसँगको विवादको छिनोफानो गर्ने अनुमान गरिएको छ।

यही बैठकबाट नेपाल पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने नजाने पनि टुंगो गर्ने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .