भारतमो मध्य प्रदेशमा बाढीका कारण घरहरु डुबानमा परेपछि गृहमन्त्री नरोत्तम मिश्रा बुधबार बाढीग्रस्त क्षेत्रमा मद्दतका लागि पुगेका थिए।
तर दुर्भाग्य उनी आफैं बाढीमा फसे। बाढीबाट निकै प्रभावित बनेको दतिया क्षेत्रका दर्जनौं घरहरु डुबानमा परेको खबरपछि उनी बाढी अवलोकनसँगै मद्दतका लागि त्यहाँ पुगेका थिए।
तर उनी आफैं बाढीमा फसेपछि उनलाई हेलिकप्टरबाट उद्धार गरिएको एनडीटीभीले जनाएको छ।
सार्वजनिक भिडिओअनुसार उनी एउटा सानो घरको छतमा बाढीबीच फसेको देखिएका छन्। बाढीमा फसेका उनलाई हेलिकप्टरबाट उद्धारकर्ताको टोलीले डोरी दिएर बचाउँछन्।
(भिडिओ)
— Anurag Dwary (@Anurag_Dwary) August 4, 2021MP home minister @drnarottammisra was airlifted by from Kotra village in Datia he went by boat to Kotra where 9 persons were stranded but the boat fell flat as the boat got stuck due to a collapsed tree @INCMP says "stunt" for competitive politics @ndtv @ndtvindia pic.twitter.com/hYlw7fDUEL
Shares

प्रतिक्रिया