ad ad

समाज


बाढीग्रस्त क्षेत्रमा मद्दतका लागि पुगेका गृहमन्त्री आफैं बाढीमा फसेपछि...(भिडिओ)

बाढीग्रस्त क्षेत्रमा मद्दतका लागि पुगेका गृहमन्त्री आफैं बाढीमा फसेपछि...(भिडिओ)

नेपालखबर
साउन २१, २०७८ बिहिबार १२:२, काठमाडौँ

भारतमो मध्य प्रदेशमा बाढीका कारण घरहरु डुबानमा परेपछि गृहमन्त्री नरोत्तम मिश्रा बुधबार बाढीग्रस्त क्षेत्रमा मद्दतका लागि पुगेका थिए।

तर दुर्भाग्य उनी आफैं बाढीमा फसे। बाढीबाट निकै प्रभावित बनेको दतिया क्षेत्रका दर्जनौं घरहरु डुबानमा परेको खबरपछि उनी बाढी अवलोकनसँगै मद्दतका लागि त्यहाँ पुगेका थिए।

तर उनी आफैं बाढीमा फसेपछि उनलाई हेलिकप्टरबाट उद्धार गरिएको एनडीटीभीले जनाएको छ।

सार्वजनिक भिडिओअनुसार उनी एउटा सानो घरको छतमा बाढीबीच फसेको देखिएका छन्। बाढीमा फसेका उनलाई हेलिकप्टरबाट उद्धारकर्ताको टोलीले डोरी दिएर बचाउँछन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .