गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मन्त्री बनाउने निश्चित गरिसकेर अन्तिममा नाम काटेर दलित समुदायको घोर अपमान गरिएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन्।
यही साउन ५ गते कांग्रेसले डोबाटे विश्वकर्मालाई प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने पक्का गरिसकेर शपथ खुवाउने बेला उनको ठाउँमा विन्दुकुमार थापालाई मन्त्रीका रूपमा शपथ खुवाइएको हो।
यसलाई कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले पार्टीले गरेको अक्षम्य भूल तथा दलित समुदायप्रति अपमानको संज्ञा दिँदै यो निर्णय तुरुन्त सच्याउनसमेत माग गरेका हुन्।
‘सामाजिक कुरीतिका विरुद्ध व्यावहारिक रूपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको छ,’ आइतबार अपराह्न वक्तव्य जारी गर्दैै डा. कोइरालाले भनेका छन्, ‘भोलि कुन मुखले उनीहरू (दलित) को अगाडि जाने? यसलाई तुरुन्त सच्याउन जरुरी छ।’
Shares
प्रतिक्रिया