ad ad

समाज


राष्ट्रपति र प्रधानमन्त्रीको 'ट्रोल भिडियो' टिकटकमा राख्दा प्रहरी हिरासतको बास

राष्ट्रपति र प्रधानमन्त्रीको 'ट्रोल भिडियो' टिकटकमा राख्दा प्रहरी हिरासतको बास

नेपालखबर
साउन १०, २०७८ आइतबार १७:४७,

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो इडिट गरेर 'ट्रोल भिडियो' सामाजिक सञ्जाल टिकटकमा राखेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

उक्त ट्रोल भिडियोले प्रधानमन्त्री र राष्ट्रपतिको चरित्र हत्या गरेको आरोपसहित प्रहरीले झापाको मेचीनगर नगरपालिका-६ बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको हो। 

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर व्युरोका सूचना अधिकारी एसएसपी नवीन्द्र अर्यालले जानकारी दिएका छन्। 

पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। पछिल्लो समयको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा अश्लील र आपत्तिजनक भिडियो र शब्द प्रयोगले समस्या बनाउने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .