ad ad

राजनीति


देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही गर्ने ओलीको प्रस्ताव

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही गर्ने ओलीको प्रस्ताव

नेपालखबर
साउन ४, २०७८ सोमबार १३:३८,

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव गरेका छन्। 

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन्। 

उनले ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैटक सुरु गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

यी हुन् देउवालाई विश्वासको मत दिने २२ एमाले सांसद 
आइतबार राति प्रतिनिधिसभा बैठकमा २२ सांसदले विश्वासको मत दिएका थिए। 

विश्वासको मत दिनेमा सांसदहरु प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्। 

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .