समाज


बेलायतमा डेल्टा भेरियन्ट निकै सक्रिय, गएको २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित

बेलायतमा डेल्टा भेरियन्ट निकै सक्रिय, गएको २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित

(फाइल तस्बिर)


नेपालखबर
साउन ४, २०७८ सोमबार १३:३३,

बेलायतमा कोरोना संक्रमितको संख्या दिनदिनै वृद्धि भइरहेको छ। यहाँ गतहप्ता हरेक दिन संक्रमितहरु बढेका थिए।

दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको इन्डियन कोभिड भेरियन्ट डेल्टाको संक्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको हो।

यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएको छ। यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको छ।

साथै यहाँ गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन समेत भएको छ। यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ।

बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ।

बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन्। बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमितहरु थपिने क्रम भने रोकिएको छैन।

पछिल्ला हप्ताहरुमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .