राजनीति


कसले पाउला जसपाको आधिकारिता? आज बस्दै निर्वाचन आयोगको इजलास

कसले पाउला जसपाको आधिकारिता? आज बस्दै निर्वाचन आयोगको इजलास

नेपालखबर
साउन ३, २०७८ आइतबार ९:२३,

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता कुन पक्षले पाउने भन्ने विषयमा निर्क्योल गर्न निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ।   

अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा विभामिजत जसपाको  आधिकारिता कसले पाउने भन्ने विवाद छ। यसको निरुपणका लागि यही असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित ५ जना आयुक्त राखेर गठित इजलास आज बस्ने भएको हो। जसले जसपा आधिकारिता विवादको सुनुवाइ गर्नेछ। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघि नै इजलास गठन भएको १५ दिनभित्रै यसको छिनोफानो गर्ने बताएकाले आजै टुंगो लाग्ने सम्भावना पनि छ।  

दुई अध्यक्ष ठाकुर र यादव पक्षबीचको विवादले जसपा विभाजन भइसकेको छ। तर जसपा नाम र यसको चुनाव चिह्न कुन पक्षले पाउने भन्ने विषयमा आयोगको इजलासले निर्णय गर्ने भएको हो। 

यसबीच ठाकुर पक्षका केही सांसद यादव पक्षले राखेको संसदीय दलको बैठकमा सहभागी भएका छन्। योसँगै शनिबारबाट यादव पक्षमा सांसदको संख्या २० पुगेको छ। 

ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपा फुटेको हो। जसपाको ठाकुर पक्ष यसअघि ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो भने अहिलेको देउवा सरकारमा यादव पक्ष सहभागी हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad