राजनीति


पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज

नेपालखबर
साउन ३, २०७८ आइतबार ७:११,

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ।

बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न बैठक बस्ने भएको हो। 

शेरबहादुर देउवाको नेतृत्वमा नवगठित सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले यही असार २८ गते पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेको हो।

त्यसयता पहिलोपटक प्रतिनिधि सभाको बैठक आज बस्ने भएको हो। 

आजको बैठकमा सरकारले १६ वटा विधेयक पेस गर्ने तयारी गरेको छ। 

हिजो शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले ल्याएका विधेयक प्रतिनिधि सभामा पेस गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको हो। 

यसैबीच आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ। प्रतिनिधि सभा पुनःस्थापना हुनासाथ ओली सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको थियो। 

आज बैठक राख्न सबै तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ। 

यसैका लागि सभामुख, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्य, कर्मचारी, मर्यादापालकलगायत सबैको कोरोना परीक्षणसमेत भइसकेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad