राजनीति


एमालेको निष्कर्ष : सर्वोच्चको फैसलाले देशलाई गलत दिशामा लैजान्छ

एमालेको निष्कर्ष : सर्वोच्चको फैसलाले देशलाई गलत दिशामा लैजान्छ

नेपालखबर
साउन १, २०७८ शुक्रबार १३:५४,

नेकपा एमालेले सर्वोच्च अदालतलको असार २८ गतेको फैसलालले देशलाई गलत दिशातिर लैजाने ठहर गरेको छ। शुक्रबार ललितपुको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले दिएको फैसला बहुलबादमा आधारित नभएको निचोड बैठकले निकालेको जानकारी दिए। 'प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित सर्वोच्च अदालतको असार २८ को फैसला नेपालको बहुलबादमा आधारित छैन', ज्ञवालीले भने, 'सार्वभौम सत्ता जनतामा रहेको कुरालाई यो फैसलाले अतिक्रमण गरेको छ। ताजा जनादेशमा जाने निर्णयलाई निरंकुश मानिनु बेठीक हो। यसले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर लैजान्छ।'

एमालेले राज्यका सबै अंगबीच समन्वयको खाँचो रहेको बताए। 'राज्यका सबै अंगबीच समन्वय हुन सकेमा मात्रै लोकतान्त्रिक प्रणाली अगाडि बढ्छ', उनले भने, 'सर्वोच्च अदालतको यो फैसलाले नेपालको लोकतान्त्रिक प्रणाली खल्बलिएको छ।'

उनले अब एमाले एमाले देश र जनताप्रति जिम्मेवार भएर अघि बढ्ने बताए। 'अब नेकपा एमाले जिम्मेवार प्रतिपक्षका रुपमा जनताको हितमा काम गर्छ', उनले भने, 'अलोकतान्त्रिक प्रक्रिया र अस्वस्थ विधिबाट बनेको सरकारलाई हामी विश्वासको मत दिँदैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad