राजनीति


चियापान, पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरः देउवा

चियापान, पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरः देउवा

नेपालखबर
असोज २९, २०७६ बुधबार १२:८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैँ, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दशैँ तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको पनि बताए।

सत्तारुढ नेकपाले बुधबार दशैँ, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपी कोइरालाले दशैँको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार पनि व्यक्त गरे।

सभापति देउवाले नेताहरुबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रुपमा पनि चाडपर्वहरुलाई लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad