ग्लोबल


गैरआवासीय नेपाली संघको चुनावः मतदान सुरु

गैरआवासीय नेपाली संघको चुनावः मतदान सुरु

नेपालखबर
असोज २९, २०७६ बुधबार ११:४८,

गैरआवासीय नेपाली संघमा नयाँ नेतृत्व निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ। कुल आचार्य र कुमार पन्तले अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका छन्।

संघमा ४२ जनाको कार्यसमिति चयन गर्नुपर्ने हुन्छ। उम्मेदवारी दर्ता हुनै लाग्दा चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी समेत परेकाे थियाे। उजुरीपछि निर्वाचन प्रक्रिया केही समय ढिलो भएको थियो।

निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका थिए। तर त्यसले नबिथोलिएको अध्यक्षको उम्मेदवार कुमार पन्त बताउँछन्। उनी भन्छन्, ‘उजुरी परेको भन्ने विषय पनि मैले बाहिरबाट थाहा पाएँ।’

निर्वाचन कार्यक्रमअनुसार राति १० बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ। मतदान सकिएको केही समयमै मतगणना गरिने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad