शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ।
शर्मा अर्थ र भुसालले उर्जा मन्त्रालय सम्हाल्ने छन्।
शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको बताए।
'हाम्रो पार्टीबाट पहिलो चरणमा म पम्फा जी जाने निश्चित भएको छ', शर्माले नेपालखबरसँग भने।
मन्त्रीहरुको शपथ अहिले केहीबेरपछि हुँदैछ।
66
Shares
प्रतिक्रिया