बेलायतले आगामी हप्ताको सोमबारदेखि देशमा लागू गरेको कोरोनाविरुद्धको सम्पूर्ण नियमहरु हटाउँदै छ।
कोरोना नियन्त्रणमा आएपछि बेलायतले जुलाई १९ बाट कोरोनाका नियमहरु खारेज गर्ने घोषणा गरेको हो।
यसको मतलब कोरोना भाइरसको त्रास जारी रहँदा बेलायतको जनजीवन सामान्य बनिसकेको छ। यहाँसम्म कि बेलायतले मास्कलाई बाध्यकारी बनाएको छैन।
त्यहाँको सरकारले मास्क लगाउनु र नलगाउनु त्यहाँको नागरिको इच्छा भएको बताएको छ। सोमबारदेखि सबै व्यापारीक केन्द्रहरु खुला हुनेछन्।
होटल, रेस्टुरेन्ट तथा लजहरुमा व्यक्ति–व्यक्तिबीच पालना गर्नुपर्ने नियम लागू हुनेछैन अर्थात् जति मानिस पनि रमाइलोका लागि खाना खानको लागि सो क्षेत्रमा जान पाउनेछन्।
यदी कोरोना भाइरसबाट संक्रमित भएमा संक्रमितले आइसोलेसन भने बस्नुपर्नेछ। द गार्जियन
129
Shares

प्रतिक्रिया