ad ad

राजनीति


सरकारमा जाने औपचारिक निर्णय गर्न जसपा भट्टराई-यादव समूहको बैठक जारी

सरकारमा जाने औपचारिक निर्णय गर्न जसपा भट्टराई-यादव समूहको बैठक जारी

नेपालखबर
असार २९, २०७८ मंगलबार १४:४४,

सरकारका सहभागिताका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको छ।


काठमाडौं उपत्यकामा उपलब्ध नेताहरू बैठकमा उपस्थित छन्। जसपाको उपेन्द्र–बाबुराम पक्षमा ३३ कार्यकारिणी सदस्य छन्।


बालकुमारीस्थित पार्टी कार्यालयमा आधा घण्टादेखि जारी छलफलले सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने स्रोतले जनाएको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले केपी शर्मा ओलीलाई साथ दिएपछि अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष कांग्रेस सहितको गठबन्धनमा आवद्ध छ।


गठबन्धनले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्ने केपी शर्मा ओली कदमको संयुक्त रुपमा आन्दोलन गरको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवालाई आजै प्रधानमन्त्रीको शपथ खुवाउने तयारी भएको छ ।

 जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षबाट पनि सरकारमा जाने बारेमा औपचारिक निर्णय हुने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

 

तर, जसपा नामको विवाद रहेकोले साउन ३ गतेअघि सरकारमा  जाने नाम भने त्यसअघि नै नपठाउने कि भन्ने बारेमा कुरा भइरहेकाे उनले बताए। आज सरकारमा जाने नामबारे निर्णय पनि हुनसक्छ, स्रोतले नेपालखबरसँग भन्यो, तर, बैठकमा साथीहरुले जे सुझाव दिन्छन् सोही आधारमा अघि बढ्ने हो ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .