राजनीति


सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपति एर्दोआनलाई रुसको निम्तो

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपति एर्दोआनलाई रुसको निम्तो

नेपालखबर
असोज २९, २०७६ बुधबार ८:५६,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पुटिनले एर्दोआनलाई जतिसक्दो छिटो रुस भ्रमण गर्न आमन्त्रण पनि गरेका छन्।

पुटिनको कार्यालयद्वारा मंगलबार अबेर जारी वक्तव्यमा टर्कीका राष्ट्रपति एर्दोआनले रुसको निमन्त्रणलाई स्वीकार गरेको उल्लेख छ।

दुई नेताबीच टर्की र सिरियाली सेनाबीच कुनै किसिमको भिडन्त नहोस् भन्नेमा छलफल भएको थियो। रुसी राष्ट्रपतिको कार्यालयका अनुसार टर्कीका तर्फबाट टेलिफोन सम्पर्क भएको थियो।

टेलिफोन संवादमा रुसी राष्ट्रपतिले टर्कीको आक्रामक कारबाहीका कारण सिरियाली कुर्द इलाकामा बन्दी बनाइएका आतंककारीहरु अन्यत्र भाग्न सक्नेतर्फ चासो व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad