गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ।
मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेपछि केहीबेर स्थगित भएको उम्मेदवारी दर्ता हाल भने सुरु भएको हो।
निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका थिए। तर, उनले उक्त उजुरी फिर्ता लिए पछि उम्मेदवारी दर्ता सुरु भएको यूरोप संयोजकका उम्मेदवार घोषणा एकराज गिरीले नेपालखबरलाई जानाकारी गराए।
उनका अनुसार अध्यक्षका दावेशार कुमार पन्त र कुल आचार्य दुबैले उम्मेदवारी दर्ता गराइसकका छन्। गिरीले भने आफ्नो उम्मेदवारी विड्र गराए।

प्रतिक्रिया