नेकपा एमालेका दुई पक्षबीच एकताका लागि कार्यदलले जुटाएको सहमतिप्रति माधव नेपाल पक्षका नेता योगेश भट्टराईले स्वागत व्यक्त गरेका छन्।
आइतबार १२ घण्टा निरन्तर वार्तापछि कार्यदलका सदस्यबीच आइतबार राति १० बुँदे सहमति भएको हो।
त्यसको भोलिपल्ट सोमबार बिहानै नेता भट्टराईले सहमतिप्रति खुसी प्रकट गर्दै वार्ता टोलीका सदस्यलाई बधाई र धन्यवाद ज्ञापन गरेका हुन्।
उनले भनेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य छ। यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरूको युगीन कार्यभार बनेको छ। वार्ता समितिका सबै कमरेडहरूलाई हार्दिक बधाई तथा धन्यवाद छ।’
Shares

प्रतिक्रिया