यूएनडिपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएकोमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बधाइ दिएका छन्।
बुधबार बिहान सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले वाग्लेलाई बधाइ दिएका हुन्।
‘यूएनडिपी एशिया प्यासिफिक प्रमुख आर्थिक सल्लाहकार नियुक्त हुनुभएकोमा मूर्धन्य अर्थशास्त्री तथा चिन्तक स्वर्णिम वाग्लेलाई हार्दिक बधाइ तथा शुभकामना,’ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर तपाईं जस्ता देशको अल्पविकासप्रति सचेत नागरिकले यसलाई बदल्ने अभियानमा सहभागी हुने आँट नगरेसम्म mediocre बाटै शासित हुन वाध्य हुनुपर्छ है!’
वाग्ले मंगलबार राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका थिए। अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी उनले आर्थिक सल्लाहकारमा नियुक्ति पाएका हुन्।
बुढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन्।
Shares
प्रतिक्रिया