राजनीति


‘कुकुरलाई काखमा लिने तर मान्छेलाई घृणा गर्नेहरूको सोच बदल्न रूपा सुनारहरूको संघर्ष’

‘कुकुरलाई काखमा लिने तर मान्छेलाई घृणा गर्नेहरूको सोच बदल्न रूपा सुनारहरूको संघर्ष’

नेपालखबर
असार २१, २०७८ सोमबार १४:२०,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले कुकुरलाई प्रेमपूर्वक काखमा लिने तर आफूजस्तै मान्छेलाई घृणा गर्नेहरूको सोच बदल्न रूपा सुनारहरूले संघर्ष गरिरहेको टिप्पणी गरेका छन्। 

यी असार १ गते भाडामा कोठा लिने/दिने सहमति भइसकेपछि अन्त्यमा जात थाहा पाउनासाथ काठमाडौंको बबरमहल निवासी सरस्वती प्रधानले सञ्चारकर्मी रूपा सुनारलाई बहिष्कार गरेपछि जातीय भेदभाव र छुवाछुतको बहस व्यापक बनिरहेको छ। 

यसै क्रममा कांग्रेस नेता गुरुङले सोमबार बिहान सामाजिक सञ्जालमार्फत जातिवादीहरूको विचारविरुद्ध कटाक्ष गरेका हुन्। 

‘प्रेमपूर्वक काखमा लिने तर  दलितलाई घृणा गर्नेहरूको मानसपटलमा भरिएको विभेदपूर्ण सोच बदल्न रूपा सुनारहरूको संघर्ष हो,’ नेता गुरुङले लेखेका छन्, ‘सबै मान्छे नै हुन्। तर दलितलाई मान्छे नदेख्नेहरूलाई पहिले मान्छे बनाउनुपर्ने चुनौती समाजको सामु उभिएको छ। सामाजिक क्रान्ति दलितको मात्रै अजेन्डा हैन।’

यी पनिः 

घरबेटीसहित शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले हालिन् सर्वोच्च अदालतमा मुद्दा

रूपा सुनारलाई न्याय र शिक्षामन्त्रीको बर्खास्तगी माग गर्दै ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad