राजनीति


विद्या भण्डारी प्रधानमन्त्रीले भनेको लुरुलुरु मान्ने संसारकै कमजोर राष्ट्रपति: शम्भु थापा

विद्या भण्डारी प्रधानमन्त्रीले भनेको लुरुलुरु मान्ने संसारकै कमजोर राष्ट्रपति: शम्भु थापा

नेपालखबर
असार २१, २०७८ सोमबार १४:१४,

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले जे जे भन्यो, त्यही त्यही मानेको भन्दै राष्ट्रपतिलाई संसारकै कमजोर भनेका छन्। 

सोमबार जवाफी बहसका क्रममा थापाले भने, ‘संसारमा सबैभन्दा कमजोर राष्ट्रपति त्यो हो जो प्रधानमन्त्रीले भनेको लुरुलुरु मान्छ। हाम्रो राष्ट्रपति त्यस्तै हुनुहुन्छ।’

प्रतिनिधिसभा मार्न नहुने बताउँदै उनले यसले सरकार दिन नसके आफैँ मर्ने उनले बताए। सरकार पक्षले रिट खारेज गर्नुपर्छ भनेको विषयमा पनि थापाले जवाफ दिए।

रिटमा संवैधानिक प्रश्न छैन भन्ने सरकार पक्षको जिकिरको खण्डन गर्दै थापाले रिट खारेज हुनै नसक्ने बताए।

‘महान्यायाधिवक्ताले लामो समय कागज जाँच गर्नुभयो। राष्ट्रपतिसमक्ष दाबी पेश गर्न कस्तो कागजात चाहिने हो? न राष्ट्रपतिलाई थाहा छ, न त इजलासलाई’, थापाले भने, ‘१४६ जना निवेदन छन् एउटै कागजातमा अटाउँदैन कहाँ सही गर्ने त?’

दाबी गर्न आइसकेपछि विश्वासको मतका लागि पठाइदिनुपर्नेमा राष्ट्रपतिले भविष्यमा विश्वासको मत पाउन सक्ने छ कि छैन भनेर हेरेको भन्दै थापाले सोधे, ‘भविष्य अनुमान गर्ने को हो राष्ट्रपति ?’

राष्ट्रपतिले शेरबहादुर देउवाको मात्रै नभएर १४६ जना सांसदको हक अपहरण गरेको बताए।

‘उहाँहरुले सरकार बनाउका लागि सहि गर्नुभो कुनचाहिँ क्रियाबाट प्रतिबन्धित हुनुभयो ? ह्विप जारी भएको छैन। अहिले सरकारको कुनै विधयक छैन, प्रस्ताव छैन अनि के विषयमा लाग्छ त ह्विप’, थापाले भने, ‘उहाँले म सरकार बनाउँदिन भनेर कागज पेश गरिसकेपछि सरकार बनाउनुपर्छ भन्न पनि सांसदले नपाउने ?’

७६(५) अनुसार प्रधानमन्त्री बनाउनु पर्ने कि नपर्ने भन्दै थापाले ओलीले संसदीय दलबाट कुनै निर्णय नगरेको र निर्णय गरेपनि सांसदले त्यसलाई मान्दिन कारबाही भोग्छु भन्नसक्ने बताए।

‘उहाँले राष्ट्रपतिसमक्ष झगडाको कागज पेश गर्ने कि म विश्वासको मत लिन्छु भन्ने। उहाँको ३० दिन बाँकी छ। ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति भाकै छैन। तिमिभन्दा म पहिले जान्छु भनेर राष्टपतिकोमा पुग्ने?’, थापाले सोधे। 

७६ को उदेश्य संसदमा पठाउने भए पनि राष्ट्रपतिबाटै निर्णय हुनु दुःखद भएको बताए।

केपी ओलीले प्रधानमन्त्री हुने भए ३० दिनभित्र संसदमा जानुपर्ने तर अब प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको मात्रै दाबी रहेको थापाको तर्क छ।

‘अब ओलीसँग बहुमत पनि छैन, केही पनि छैन, सकियो’, थापाले जवाफमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad