नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसाललाई मातृशोक परेको छ ।
उनकी आमा इन्द्रकला भुसालको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।
परिवारजनका अनुसार ९३ वर्षीया इन्द्रकला लामो समयदेखि अस्वस्थ थिइन्।
उपचारकै क्रममा सोमबार बिहान ७ बजे आफ्नै घर (कुसुन्ती) मा उनको निधन भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई पार्टीको झन्डा ओढाएर (माथि तस्बिर) श्रद्धाञ्जलि दिएका छन्।
186
Shares

प्रतिक्रिया