ad ad

राजनीति


सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षको निधन

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षको निधन

शैलेन्द्र महतो
असार २०, २०७८ आइतबार ७:५५,

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ। 

काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले नेपालखबरलाई जानकारी दिइन्। 

उपाध्यक्ष यादवका अनुसार लामो समयदेखि क्षयरोगबाट पीडित ७० वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। तर उपचारका क्रममा शनिबार राति १२ बजे उनको निधन भएको हो। 

अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने उपाध्यक्ष यादवले बताइन्। 

बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। 

अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .