नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
शुक्रबारदेखि एमाले केन्द्रीय कमिटी बसेको थियो। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको हो।
बैठकमा माधव नेपाल पक्षका नेताहरु भने सहभागी छैनन्। आजका बैठक अघि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो।
नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न माग गरेको थियो। तर शक्रबारको एमाले बैठकले नेपाल पक्षका सांसदलाई सोमबार ५ बजेभित्र सर्वोच्च अदालतमा दायर गरेको रिटको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो।
18
Shares
प्रतिक्रिया