ad ad

राजनीति


कांग्रेस क्रियाशील सदस्यता विवाद : प्रक्रिया पुरा गरेकालाई स्वीकृति दिने, विवादितको थप छानविन गर्ने

कांग्रेस क्रियाशील सदस्यता विवाद : प्रक्रिया पुरा गरेकालाई स्वीकृति दिने, विवादितको थप छानविन गर्ने

नेपालखबर
असार १८, २०७८ शुक्रबार २०:४९,

नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो।

नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले  आराेप लगाएकाे थियाे। सभापति शेर बहादुर देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै  निष्पक्ष छानविनको माग गर्दै सभापतिलाई दबाब दिँदै आएको थियो।

आज भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानविन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड पनि बनाएको छ। यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ।

प्रदेश जिल्ला र वार्ड स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानविन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ।

बैठक पछि बोल्दै क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित बनेको क्रियाशील सम्बन्धी विषयले निकास पाएको बताए। यो निर्णयसँगै क्रियाशील सदस्य छानविनसम्बन्धी कुनै समस्या नरहेको र केही दिनमा छानविनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए।

महाधिवेशन आउन दुई महिना भन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन। असारभित्र जसरी पनि क्रियाशील सदस्यता विवाद टुंग्याइ सक्नुपर्ने दबाबमा रहेको छानविन समितिले सदस्यता छानविनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो।

समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाएपछि छाविनको काम अगाडि बढ्ने बताइएको छ। कांग्रेसमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिमा अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा विवाद देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .