फोटो


कुमारीद्वारा टुँडिखेलको घोडेजात्रा अवलोकन (तस्बिरहरू)

कुमारीद्वारा टुँडिखेलको घोडेजात्रा अवलोकन (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
चैत ४, २०८२ बुधबार १६:१८, काठमाडौँ

जिवित देवीका रुपमा लिइने कुमारीले घोडेजात्राको अवलोकन गरेकी छन्। 

बुधबार टुँडिखेलको पश्चिमतर्फ रहेको नेपाल एयरलाइन्सको भवनको माथिल्लो तलबाट कुमारीले घोडेजात्रा अवलोकन गरेकी हुन्। यसअघि कुमारीलाई  कुमारीलाई लिनका लागि कुमारीघरमा घोडा पठाइएको थियो। कुमारीले घोडेजात्रा अवलोकन गर्ने परम्परा रहेको छ। 

चैत कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै आएको छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरेका थिए। तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय रहेको थियो। 

त्यही कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको धार्मिक विश्वास छ। सहरका बालबालिकामाथि खतरा नहोस् भनेर घोडेजात्राको राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने परम्परा रहिआएको छ। 

यस अवसरमा नेपाली सेनाले पनि टुँडिखेलमा युद्धकला लगायत प्रदर्शन गर्दै आएको छ। टुँडिखेलमा हुने घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad