चीन र भारतको सीमा क्षेत्र नजिकको दार्चुलाको छाङ्गरु क्षेत्रमा हिमपातले तापक्रममा माइनसमा गएको भए पनि सशस्त्र प्रहरी टोलीले गस्ती गरिरहेको छ।
केही दिनअघि छाङ्गरुको तापक्रम माइनस १२ डिग्री सेन्टिग्रेड पुगेको थियो। अत्यधिक चिसोमा पनि सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरुको टोलीले गस्ती गरेको हो।
चुनाव नजिकिँदै आएसँगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाएको छ। त्यसैक्रममा छाङ्गरु क्षेत्रमा पनि गस्तीलाई निरन्तता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।







117
Shares

प्रतिक्रिया