ad ad

फोटो


शंखमूल करिडोर छेउका संरचनामा बालेनको डोजर (तस्बिरहरू)

शंखमूल करिडोर छेउका संरचनामा बालेनको डोजर (तस्बिरहरू)

सरोज बैजु
जेठ ७, २०८१ सोमबार १६:४३, काठमाडौँ

आइतबार (हिजो) गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर भत्काएको काठमाडौँ महानगरले सोमबार शंखमूल क्षेत्रको करिडोर आसपासका क्षेत्रमा डोजर चलाएको छ। 

अतिक्रमित जग्गामा बनेका संरचना भत्काउँदै आएको महानगरको टोली सोमबार शंखमूल क्षेत्रको करिडोरमा पुगेको हो। काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, करिडोरबाट २० मिटरको दुरी कायम भएका क्षेत्रका संरचनाहरू हटाउने कार्य सुरु गरिएको हो। 

‘करिडोरबाट २० मिटरसम्म वरपर संरचना नबन्ने भनिएको छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘सोही अनुसार त्यहाँको मापदण्ड हेरेर संरचनामा डोजर चलाइएको हो। 

महानगरले यसअघि नै उक्त मापदण्डभन्दा बाहिर पर्ने संरचना हटाउन सूचना र माइकिङ समेत गरेको थियो। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .