ad ad

फोटो


यसरी मनाइयो ‘लुम्बिनी इनटरनेशनल मेडिटेशन डे’

यसरी मनाइयो ‘लुम्बिनी इनटरनेशनल मेडिटेशन डे’

नेपालखबर
चैत २३, २०८० शुक्रबार २१:३१, काठमाडौँ

लुम्बिनीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय शान्ति महोत्सवका क्रममा ध्यान आयोजना गरिएको छ।

शान्ति महोत्सवका क्रममा शुक्रबार ‘लुम्बिनी इनटरनेशनल मेडिटेशन डे’ आयोजना गरियो, जसमा दर्जनौँले ध्यान गरेका थिए। 

विश्‍व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो। शनिबारसम्म चल्ने महोत्सवमा ध्यान, म्याराथन दौड र विभिन्न सांस्कृतिक कार्यक्रम गरिँदै छ। 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा शान्ति महोत्सव आयोजना गरेका हुन्।

महोत्सव उद्घाटन सत्रमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, चिनियाँ राजदूत छन सोङ लगायतले सम्बोधन गरेका थिए।

हेर्नुहोस् नेपाल पर्यटन बोर्डले उपलब्ध गराएका तस्बिरमा लुम्बिनीमा ध्यान गर्दै सहभागीहरूः  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .