ad ad

फोटो


दुवै खुट्टा गुमाएका सगरमाथा विजेता हरिबहादुरलाई सम्मान (तस्बिरहरू)

दुवै खुट्टा गुमाएका सगरमाथा विजेता हरिबहादुरलाई सम्मान (तस्बिरहरू)

सरोज नेपाल
जेठ १०, २०८० बुधबार २०:४३, काठमाडौँ

विश्वको सर्वोच्च सगरमाथा आरोहण गरेका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरलाई राष्ट्रको तर्फबाट सम्मान गरिएको छ।

बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पर्यटन राज्यमन्त्रीले आ आफ्नो कार्यकक्षमा सम्मान गरेका हुन्।

सगरमाथा आरोहण गरेर मंगलबार काठमाडौं आएका बुढामगरको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती त्रिभुवन विमानस्थलमै पुगेका थिए।

बुढाले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड बनाएका छन्।

कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .