ad ad

फोटोफिचर


न्युरोडको फुटपाथ विस्तारमा स्थानीयको विरोधपछि प्रहरी परिचालन (तस्बिरहरू)


सरोज बैजु
साउन ४, २०८१ शुक्रबार ११:५२, काठमाडौँ

काठमाडौँ महानगरपालिकास्थित न्युरोडमा थालिएको फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबारदेखि विस्तारको काम सुरु गरेको थियो। 

तर, फुटपाथ बढाउन नहुने उनीहरूको माग थियो। न्युुरोडमा अहिले ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। 

बिहानैदेखि स्थानीय र व्यवसायीहरूले विरोध प्रदर्शन थालेका हुन्। 

यसअघि पनि न्युरोडमा पार्किङ खाली गराएर सडक विस्तारको काम भएको थियो। त्यतिबेला पनि स्थानीयले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। 

सडठक डिभिजन काठमाडौँले अनुमति नलिइ काम गरेको भन्दै फुटपाथ विस्तार रोकेको थियो। महानगरले फुटपाथका लागि काटेको सडकमा सडक डिभिजनले पुनः पिच गरेपछि उक्त विवाद अदालतसम्म पुगेको थियो। 

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .