आज यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी आज भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ।
लक्ष्मीपूजा भइरहँदा काठमाडौं उपत्यका झिलिमिलीले सजिएको छ। तिहारमा झिलिमिली बत्ती, फूल लगायतले घर सजाउने गरिन्छ।
विशेषगरी लक्ष्मीपूजाको दिन घरका सबै भागमा उज्यालो देखिनेगरी बत्तीहरू बालेर सजाउने गरिन्छ।
उपत्यकाका घरमात्रै नभइ व्यापारिक मल, पसल, सडक आदीहरू पनि आइतबार साँझ झिलिमिली देखिएका छन्।
रातहको समयमा बलेका यी बत्तीले उपत्यकाको सहरलाई अझै आकर्षित बनाएको छ। काठमाडौं उपत्यका वरपरका डाँडाहरूबाट त दृश्य झनै रोमाञ्चक देखिएको छ।
तस्बिरहरूः
कात्तिक २६, २०८०, आइतबार
99
Shares
प्रतिक्रिया