राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सामाजिक सञ्जालदेखि सडकसम्म विरोध हुन थालेको छ।
अघिल्लो कार्यकालको संसद्का बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगर्दा निष्क्रिय रहेको विधेयक प्रमाणीकरण भएसँगै विरोध भएको हो।
संसद्मा ल्याएर छलफलपछि अघि बढाउनुपर्ने उक्त विधेयक सरकारको आग्रहमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विरोधमा उत्रिएका छन्।
बुधबार साँझ एमालेनिकट युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा मसाल जुलुस निकालेको छ।
राष्ट्रपति पौडेलले राष्ट्रघाती काम गरेको भन्दै युवासंघले मसाल जुलुस निकालेर विरोध जनाएको हो।
जेठ १७, २०८०, बुधबार
111
Shares
प्रतिक्रिया