आज असार १५, अर्थात धान दिवस। देशैभर धान रोपाइँ चलिरहेको छ।
नेपालमा असार १५ लाई ‘मानो रोपेर’ मुरी फलाउने दिनको रुपमा मनाउने परम्परा छ।
आज किसानहरु धान रोपाइँसँगै हिलो खेलेर रमाइलो गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने तथा दही च्युरा खाएर यो दिनलाई विशेष रुपमा मनाउने गर्दछन्।
विसं २०६१ सालदेखि सरकाले यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको छ। त्यसैले आजको दिनमा सरकारी तवरबाटसमेत विभिन्न कार्यक्रम गरी धान दिवस मनाउने गरिन्छ।
यस वर्ष कोरोना संक्रमणका कारण खासै औपचारिक कार्यक्रम गरिएको छैन। तर कतिपय स्थानमा भइरहेकाे राेपाइँ तथा धान दिवसमा उच्चपदस्थ व्यक्तिहरुसमेत सहभागी छन्।
यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्का पूर्वमन्त्री महेश बस्नेत भक्तपुरको सूर्यविनायकमा धान रोपाइँमा सहभागी भएका छन्।
प्रतिक्रिया