ad ad

राजनीति


चाक्सीबारी बैठकको निष्कर्ष : एक पटक केन्द्रीय सदस्यसँग बसौं

चाक्सीबारी बैठकको निष्कर्ष : एक पटक केन्द्रीय सदस्यसँग बसौं

नेपालखबर
असार १५, २०७८ मंगलबार ९:२७,

नेपाली कांग्रेसका प्रभावशाली तीन नेताले केन्द्रीय सदस्यसँग छलफल गर्ने भएका छन्।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले शुक्रबार पार्टीका केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन्।

छलफलको दायरलाई फराकिलो बनाउनका लागि केन्द्रीय सदस्यहरुसँग छलफल गर्न लागेको प्रकाशमान सिंहले बताए। केन्द्रीय सदस्यहरुलाई कोइराला निवासमा बोलाइएको छ।

आज तीन नेताबीच सिंहको निवास चाक्सीबारीमा लामो छलफल भएको थियो।

तीनै जना कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाई समयमा सम्पन्न गराउन क्रियाशील सदस्यताको विषय टुंग्याउने विषयमा छलफल भएको सिंहले बताए।

'महाधिवेशन प्रजातन्त्रिक तरिकाबाट हुनुपर्छ। विधि प्रक्रिया पुरा गरेकाले क्रियाशील सदस्यता पाउनु पर्छ', सिंहले भने।

३ जना मात्रै होइन छलफलको दायरालाई विस्तारिक गर्नु पर्यो।

शुक्रबार शशांकको निवासमा सबै केन्द्रीय सदस्यसँग छलफल गर्ने।

१३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएका नेताहरुसँग पनि छलफल गरिने सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .