फोटोफिचर


तस्बिरमा हेरौँ प्रचण्ड–नेपाल समूहको टुँडिखेल मानव साङ्लो


प्रविन कोइराला
फागुन ६, २०७७ बिहिबार ११:४८,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मानव साङ्लो बनाएर टुँडिखेललाई घेरेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनलमा रहेको नेकपाले बिहीबार अपरान्ह ४ बजेदेखि ५ बजेसम्म  काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेरेको हो।

प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिए।

घेराउ कार्यक्रममा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी, विद्यार्थी, युवा, मजदूर लगायतका जनवर्गीय र सहायक संगठनहरु सहभागी थिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

नेकपाले फागुन २ गते चौथो चरणको कार्यक्रम सार्वजनिक गरेको थियो। जसअन्तर्गत जिल्ला वडा तहदेखि ठूला जनसभासम्म रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .