नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आलोचना गरेको भाषणको भिडियो क्लिप आफैँले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
प्रधानमन्त्री ओलीले केही दिनपहिले एक सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा भुसालको नाम नलिई उनलाई कृषि मन्त्री बनाएर मन्त्रालय चलाएर देखाऊ भनी जिम्मेवारी दिएको ‘विद्वानको हविगत त्यहिँ देखिएको’ बताएका थिए।
‘लौ न त विद्वान कृषि मन्त्रालय चलाएर हेर भनेर दिएको त्यहीँ विद्वानको हविगत देखिएको र गफ गर्नजस्तो सजिलो हुने रहेनछ भनेको’ भनी ओलीले सो भाषणमा बताएका छन्।
उनी अहिले प्रतिनिधि सभा विघटनको निहुँ पारेर सरकार छाडेर भागेको प्रधानमन्त्रीको टिप्पणी छ।
पूर्व कृषिमन्त्री भुसालले सोही भाषणको भिडियो क्लिप आज बिहीबार सामाजिक सञ्जाल ट्विटरमा आफैँले सेयर गरेका छन्।
यति दिनपछि भिडियो सेयर गर्नुको कारणबारे सोध्दा भुसालले भने, ‘मैले प्रधानमन्त्रीको सम्मानमा सेयर गरेको हुँ।’
भिडियो :
Shares

प्रतिक्रिया