समाज


भक्तपुरमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु, भएन सनाखत

भक्तपुरमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु, भएन सनाखत

नेपालखबर
माघ १५, २०७७ बिहिबार ७:२८,

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ।

मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा बिहीबार बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने उनको भनाइ छ।

बिहीबार बिहान सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad