प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओली नयाँ राजा बन्न खोजेको भन्दै युवाहरुको एक समूहले श्रीपेचको प्रतिकसहित विरोध प्रदर्शन गरेको छ।
शुक्रबार राजधानीको माइतीघर मण्डलामा ‘वामपन्थी युवा समूह’ले एक प्रदर्शनकारीको शिरमा श्रीपेच पहिर्याएर प्रदर्शन गरेको हो। राष्ट्रपतिले प्रधानमन्त्रीलाई नयाँ राजा बनाउन खोजेको सन्देशसहित उनीहरुले एक युवतीको हातबाट युवकलाई श्रीपेच लगाइदिएका थिए।
सो समूहले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भन्दै ‘प्रतिगमनविरुद्ध हजार पाइला’ लेखिएको ब्यानरसहित माइतीघरदेखि बानेश्वरसम्म उल्टो यात्रा गरेका थिए।













3
Shares

प्रतिक्रिया