नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा सुरक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। अब उनले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर पदभारग्रहण गर्ने छन्।
कार्की चन्द्रकुबेर खापुङलाई प्रतिस्थापन गर्दै नयाँ आईजीपी बनेका हुन्। उनी अब २९ महिना प्रहरी संगठनको नेतृत्वमा रहने छन्।















प्रतिक्रिया