फोटोफिचर


संसद् भवन परिसरमा चाङ लागे जेनजी आन्दोलनमा जलेका सरकारी गाडी (ड्रोन तस्बिर)


सरोज नेपाल
असोज २२, २०८२ बुधबार १७:३७, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौँमा जलाइएका सरकारी गाडी बानेश्वरस्थित संसद् भवन परिसरमा चाङ लगाएर राखिएको छ।

२४ गते आन्दोलनले उग्र रूप लिँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर सैनिक घेराको सुरक्षामा पुगेका थिए।

आन्दोलनकारीले देशका प्रमुख शासकीय अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अधिकांश भवन जलाएर नष्ट पारे। धेरै सवारी साधन जलाइए। मुलुकका मुख्य मुख्य सहरले यही नियति भोग्यो।

सोही दिन राति १० बजेदेखि सेनाले सुरक्षा व्यवस्था हातमा लिएपछि बल्ल परिस्थिति नियन्त्रणउन्मुख बनेको थियो।

नेपाली सेना, राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका अगुवाहरूको पहलमा केही दिनपछि देशले नयाँ सरकार पायो।

आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्की मन्त्रिपरिषद्को पहिलो चरण विस्तारमा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बने।

मन्त्रीको जिम्मेवारीमा आएपछि कुलमान घिसिङले सिंहदरबार लगायतका सरकारी कार्यालयमा जलेका गाडीलाई एकत्रित गर्न निर्देशन दिए। सोही अनुरुप अहिले कवाड बनेका गाडी संसद् परिसरमा चाङ लगाएर राखिएको छ। एक किसिमले भन्नुपर्दा संसद्‌ भवन परिसर कवाड गाडीले भरिएको छ।

हेर्नुस् ड्रोनबाट खिचिएका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad