कारोबार


नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा कुणाल केयल नियुक्त

नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा कुणाल केयल नियुक्त

नेपालखबर
असोज २२, २०८२ बुधबार १६:४७, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा कुणाल केयल नियुक्त भएका छन्।

उनी निक्कीभित्र नेतृत्वदायी भूमिकामा विगत ५ वर्षदेखि सक्रिय छन्। 

अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्ष रहेका उनी हालको कार्यसमितिमा समेत सक्रिय सदस्य थिए। उनको नियुक्तिले नेपाल–भारतबीचको व्यापार, लगानी र औद्योगिक वृद्धिमा द्विपक्षीय सहकार्य सुदृढ बनाउने निक्कीले आशा गरेको छ। 

केयलको दक्षता र नेतृत्वले लगानी, व्यापार, पर्यटन, ऊर्जा र जलविद्युत, पूर्वाधार, सेवा, मानव संसाधन, सूचना प्रविधि तथा प्रविधि हस्तान्तरण प्रवद्र्धन गर्न समर्पित द्विपक्षीय चेम्बरको रूपमा, निक्कीको उद्देश्य पूरा गर्न योगदान मिल्ने निक्कीले जनाएको छ। 

पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका केयल नेपालका एक प्रमुख औद्योगिक तथा व्यापारिक समूह केयल ग्रुपका निर्देशक छन्। 

केयल ग्रुपले उत्पादन, निर्माण सामग्रीको व्यापार, जलविद्युत् तथा सौर्य ऊर्जा, रियल स्टेट, बैंकिङ तथा बीमा, पर्यटन, स्वास्थ्य सेवालगायत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ। 

साथै, उनी जोर्डनका लागि नेपालका मानार्थ महावाणिज्यदूतको रूपमा समेत कार्यरत छन्। यसले उनको अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको उपस्थिति र अनुभवलाई थप मूल्यवान् बनाएको निक्कीको भनाइ छ।

यसबाहेक निक्कीको कार्यसमितिले मार्शल राठौरलाई निर्देशकमा पदोन्नति गरेको छ। राठौर यसअघि उपनिर्देशक थिए। उनी विगत २४ वर्षदेखि निक्कीसँग आबद्ध छन्। उनको दीर्घकालीन योगदान तथा संस्थागत ज्ञानले संघको सञ्चालन क्षमता र संस्थागत प्रदर्शनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad