आज साउने संक्रान्ति। कर्कट संक्रान्ति पनि भनिने आजको दिनबाट उक्त वर्षको पर्वको सुरुआतका रूपमा लिइन्छ। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने यस पर्वमा देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउँछन्।
‘माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ’ भन्ने नेपाली समाजमा उक्ति नै छ।
साउने संक्रान्तिमा लुतो फाल्ने परम्परा पनि रहेको छ। लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने, अगुल्टो फाल्ने चलन छ।
साउन महिनालाई भगवान् शिवको पूजा गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाहरूले हरियो चुरा, हरियो वस्त्र, मेहन्दी लगायत लगाएर प्रकृतिसँग निकटता देखाउने प्रचलन पनि छ।
यसैले यस महिनामा हरियो कपडा, चुराको किनबेच बढी हुने गरेको छ।










Shares

प्रतिक्रिया