राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काडमाडौँको बल्खुमा जनप्रदर्शनसहित खबरदारी सभाको आयोजना गरेको छ।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले सम्बोधन गरेका छन्।
राप्रपाले राजतन्त्रको पुनस्र्थापना, हिन्दू राज्यको स्थापना तथा संघीयता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो।
खबरदारी सभाका लागि राप्रपाका नेता कार्यकर्ता काठमाडौँका विभिन्न क्षेत्रबाट बल्खुमा आएका छन्।
राप्रपाको सभाको कारण यातायात व्यवस्था प्रभावित भएको छ भने ट्राफिक प्रहरीले विभिन्न क्षेत्रबाट डाइभर्सन गरेको छ।
यसअघि राप्रपाका नेताहरूसमेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन्।
सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू बाक्लो संख्यामा खटिएका छन्।








Shares

प्रतिक्रिया