फोटोफिचर


टुँडिखेलमा मुस्लिम समुदायको इद (तस्बिरहरू)


सौगात दाहाल
चैत १८, २०८१ सोमबार १०:३६, काठमाडौँ

इस्लाम धर्मावलम्बी आज इद-उल-फित्र (इद) पर्व मनाउँदैछन्। इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।

त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्च पदस्थ अधिकारीहरूले शुभकामना व्यक्त गरेका छन्।

इस्लाम धर्मावलम्बीले इद-उल-फित्र हर्षोल्लासका साथ मनाउँदै आएका छन्। इदको अवसरमा आज बिहानैदेखि मुसलमान समुदायका मानिसहरू मस्जिदमा भेला भएर प्रार्थना गरिरहेका छन्।

प्रार्थनासँगै नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण परम्परा छ। यो इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान पनि हो।

काठमाडौँको टुँडिखेलमा पनि बिहानैदेखि ठूलो संख्यामा भेला भएर मुस्लिम समुदाय प्रार्थनामा सहभागी भएका छन्।

केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad