फोटोफिचर


पोखराबाट फर्किएका पूर्वराजा हजारौँ समर्थकसहित निर्मलनिवासतर्फ (तस्बिरहरू)


सरोज नेपाल
फागुन २५, २०८१ आइतबार १७:२०, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत उनी काठमाडौँ आएका हुन्। 

आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका पूर्वराजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्‍यालीले भव्‍य स्वागत गरेको छ।

पूर्वराजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्‍यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्‍यक्त गरेका छन्।

उनलाई समर्थकहरूले र्‍यालीसहित निर्मल निवास लैजाँदै छन्। शाहले पनि गाडीबाट निस्किएर समर्थकहरूलाई अविवादन गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad