पशुपतिनाथ मन्दिरपरिसरमा धमाधम महाशिवरात्रिको तयारी भइरहेको छ।
बुधबार परेको महाशिवरात्रिका लागि साधुसन्त तथा भक्तजन आउनेक्रम बढिरहँदा यसको तयारी तीव्र पारिएको हो।
नेपाली सेनाका जवानहरुले टहरा निर्माणलगायत आवश्यक व्यवस्थापकीय काममा सघाइरहेका छन्।
यसैबीच, महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ ।
शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरु, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, साधुसन्तलगायतको उपस्थिति रहेको राससले जनाएको छ।
हेर्नुहोस् तस्बिरहरु





























Shares

प्रतिक्रिया