फोटोफिचर


धोविखोला करिडोरका संरचनामा प्राधिकरणको डोजर (फोटोफिचर)


सरोज बैजु
माघ ६, २०८१ आइतबार १५:५४, काठमाडौँ

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाएको छ।

प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरेको हो।

आइतबार वडा अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए। लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ।

महानगरको वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको प्राधिकरणको भनाई छ।

आइतबार चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध गरेका थिए। त्यहाँ रहेका विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad