फोटोफिचर


अमेरिकालाई परेको विपत्तिप्रति नेपालीको सहानुभूति (तस्बिरहरू)


सरोज नेपाल
माघ १, २०८१ मंगलबार २०:३५, काठमाडौँ

अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लस एन्जलसमा भइरहेको विनाशकारी आगलागीबाट प्रभावित सबैलाई शक्ति र स्वास्थ्यलाभको कामना गर्दै नेपाली युवाहरूको एक समूह हन्ड्रेड ग्रुपले काठमाडौँको माइतीघरमा दीप प्रज्ज्वलन गरेको छ।

उक्त विपत्तिसँग जुध्ने कुरा निकै चुनौतीपूर्ण बनिरहेको छ। शक्तिशाली आँधीका कारण आगो नियन्त्रण हुनुको साटो झन् फैलिँदै गएको छ।

एक सातादेखि भइरहेको आगलागीका कारण कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ। दर्जनौंको अवस्था अज्ञात छ। ९२ हजारभन्दा बढी प्रभावित बासिन्दा उद्धारको अपेक्षामा छन्। 

विपत्तिको यस घडीमा प्रभावित सबैलाई संकटसँग जुध्न र स्वास्थ्य लाभ गर्न शक्ति प्रदान गरोस् भनेर दीप प्रज्ज्वलन गरिएको आयोजकले बताएको छ।

मंगलबार साँझ माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरी युवाहरूले नेपाल जनता अमेरिकाको साथमा रहेको सन्देश दिए।

‘हन्ड्रेड ग्रुप’ नामक संस्थाको आयोजनामा भएको दिप प्रज्ज्वलनमा सहभागी एक युवा बब्लु गुप्ताले आर्थिक रुपमा अमेरिकालाई सहयोग गर्न नसकेपनि मानवताको नाताले सहानुभूति दर्शाएको बताए।

‘यूएसएले कतिपय कुरामा हाम्रो देशलाई मद्दत गरिरहेको छ’ बब्लु भन्छन्, ‘हामी इकोनोमिकली केही दिन नसकौँला। तर हाम्रो तर्फबाट एउटा सहानुभूति अवश्य पनि दिन सक्छौँ।’

उनले अमेरिकालाई समस्या पर्दा मानवीय भावना प्रकट गरिएको बताए।

‘हामी तपाइँहरूको साथमा छौँ’ भन्नाका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाई छ।

युवाहरूको एक समूहले बनाएको ‘हन्ड्रेड ग्रुप’ मानवीय सहायताका लागि चर्चित छ। कोरोना संक्रमणका कारण लकडाउन भएका बेला सो समूहले कैयौँ दिनसम्म बेरोजगार मजदुर तथा असहायलाई रत्नपार्कमा खाना खुवाएको थियो।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad