‘पहाडकी रानी’ उपमा पाएको दार्जिलिङमा यतिबेला पर्यटकको घुँइचो छ। यहाँका गुम्बा, पार्क, चिडियाखानादेखि रेलवेसम्ममा पर्यटकको भिड देखिन्छ।
प्रायःजसो दार्जिलिङमा हिउँदयाम सुरु भएपछि भिड बढ्ने गर्छ। अहिले पनि त्यस्तै छ। चिसो मौसम, हुस्सु र झरी दार्जिलिङ सम्झनेबित्तिकै धेरैको मानसपटलमा आइहाल्छ। तर, हिजोआज मौसम सफा छ।
प्रकृतिसँग रमाउनेहरूका लागि त अझै दार्जिलिङको मौसमले सबैको मन लोभ्याउँछ। पुलकित बनाउँछ।
विशेषगरी सेप्टेम्बर, अक्टोबर र नोभेम्बर यहाँ घुम्न जाने पर्यटकका लागि उत्कृष्ट हुने रहेछ। यहाँका थुम्काथुम्काबाट वरिपरिका हिमाल प्रस्टै देखिन्छन्। बजार व्यस्त छ। पर्यटकहरू नयाँ-नयाँ कुरा खोज्न र रमाउन व्यस्त देखिन्छन्।
दार्जिलिङबाट सूर्योदय र भानुभक्तको सालिक हेर्न बिहानै भिड लागेको थियो।
सन् १८१६ मार्च ४ सुगौली सन्धीपछि महाकाली र मेचीबीचमा नेपाल साँघुरियो। तर, नेपालीको मन साँघुरिएको छैन। दार्जिलिङ छिर्न नेपालीलाई भूगोलले रोक्दैन। सीमाको समस्या बेहोर्नुपर्दैन।
त्यही भएर पनि हुनुपर्छ- दार्जिलिङको भूगोलमा धेरैजसो नेपाली पर्यटक नै भेटिन्छन्। यहाँ नेपालीभाषीकै बाहुल्य छ। नेपालीहरूको महान् चाड दसैँ, तिहार पनि यहाँका बासिन्दाले मनाउँछन्।
केही तस्बिरहरूः























Shares

प्रतिक्रिया