नेपाल संवत् ११४५ का अवसरमा आज काठमाडौँको वसन्तपुरमा भिन्तुना र्याली निकालिएको छ।
नेवार समुदायले नेपाल सम्वत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। यसै सिलसिलामा आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (ई.सं. ८८००) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेको मानिन्छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले नेपाल सम्वत्लाई विशेष रूपमा मनाउने गरेका छन्।
नेपाल सम्वत् १९४५ का अवसरमा वसन्तपुरमा विविध झाँकी र पोसाकमा भिन्तुना र्याली निकालिएको छ। केही तस्बिर-
















48
Shares

प्रतिक्रिया